
दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा २६ महिला र नौ पुरुष छन् ।
पछिल्लो दिनमा संक्रमित संख्या केही बढे पनि जिल्लामा कुल सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ ।
तनहुँमा हाल सक्रिय संक्रमित दुई सय ५८ जना छन् ।