उस्मानको उपचारका लागि मैनुको पहलमा अष्ट्रेलियाबाट १ लाख ३८ हजार

  • ख-
  • ख+

दमौलीः विश्वमै दुर्लभ स्पाइनल मस्कुलर रोग लागेका तनहुँ दुलेगौंडाका नौ महिने बालक उस्मान अलीको उपचारका लागि सहयोग संकलन तीव्र बनेको छ ।

व्यास ३ दमौली घर भै हाल अष्ट्रेलियामा रहेका मैनु मियाँको सक्रियतामा एक लाख ३८ हजार आठ सय ३० रुपैयाँ आर्थिक संकलन भएको सहयोग अभियानमा सक्रिय मोहम्मद गफारले जानकारी दिए ।

मियाँले दमौलीवासी तथा आफ्ना अन्य साथीहरुमार्फत सहयोग संकलन गरेको भन्दै उपचारका लागि थप सघाउने प्रतिवद्धता जनाए ।

उस्मानको उपचारका लागि सञ्चालित मिडिया अभियानका संयोजक तनहुँ दुलेगौंडा भै हाल कतारको दोहामा सक्रिय पत्रकार महासंघ कतारका अध्यक्ष करिमबक्स मियाँले ठूलो धनराशी खर्च लाग्ने भएकाले विश्वभर सहयोग संकलन अभियान स्वतःस्फूर्त रुपमा चलिरहेको र आर्थिक संकलन पनि भैरहेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्