वामदेव अब राष्ट्रिय सभा सदस्य

  • ख-
  • ख+

काठमाडौंः अन्ततः राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले सपथ खुवाएका छन् । सपथ लिएपछि उनलाई राष्ट्रिय सभाको लोगो पनि लगाइदिए ।

कुनै समय तिमल्सेना आफ्नो कार्यकर्ता भएको भन्दै अहिले उनी अध्यक्ष भएको देख्दा खुशी लागेको बताए ।

उनलाई सदस्य बनाउने विषयमा पार्टीमा पहिले मतान्तर देखिए पनि पछिल्लो समय शीर्ष नेताहरु सहमत भए पछि राष्ट्रिय सभा सदस्य बन्ने बाटो खुलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी