जन्मेको सात महिनामै मृगौला बिग्रिए पछि …….

  • ख-
  • ख+

देवघाटः वृद्धावस्था वा प्रौढ उमेरमा मृगौला फेल हुने समस्या धेरैले भोगिरहेका छन् ।
तर जन्मनासाथ मृगौलामा समस्या आए कसो होला ? तनहुँ देवघाटधामका एक बालक अहिले यस्तै समस्या भोगिरहेका छन् । र, प्राण बचाउने सहयोगीको खोजीमा छन् ।

जन्मेको सात महिनामै समस्या भोगेर जीवनसँग संघर्ष गरिरहेका देवघाट ५ निवासी दुर्गालाल राना र रुपा थापाका छोरा युबिन राना मगरलाई बचाउन अहिले अभियान थालिएको छ ।
कलिलै उमेरमा जीवनसँगको संघर्षमा होमिएका युबिनलाई सघाउनका लागि पहल थालिएको स्थानीय प्रशन्न ढकालले दमौली न्यूजलाई बताए ।

उनको उपचारका लागि जापानका नेपालीहरुले ८२ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल राजधानीको फ्रेण्डसिप बाल अस्पताल आईएपसिएचमा उपचाररत उनको आर्थिक अवस्था कमजोर भएकाले सबै सुभेच्छुकलाई सहयोग अभियानमा सघाउन अनुरोध गरिएको उनले बताए ।

सम्पादकको नोट:अबोध बालकको जीवन बचाउने यो अभियानमा तपाईंहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने सिद्धार्थ बैंकमा रहेको निज बच्चाको खातामा रकम जम्मा गरिदिन सक्नुहुनेछ । खाताको नाम : युबिन राना मगर , खाता नम्बर ; 00818138630

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी