
दमौलीः कोरोना संक्रमणका कारण तनहुँमा एक जनाको ज्यान गएको छ । बुधबार उपचारका क्रममा ज्यान गुमाएकामा व्यास ५का ३९ वर्षका पुरुष हुन् ।
संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा उनको निधन भएकोस्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँमा पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ८२ जनाको परीक्षणका क्रममा उक्त परिमाणमा संक्रमित थपिएका हुन् ।