दमौलीका तीन सय व्यापारीलाई खोप

  • ख-
  • ख+

दमौली: दमौलीका करिब तीन सय व्यवसायीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघसँगको सहकार्यमा बजार क्षेत्रका दुई सय ९८ जनाले पहिलो दिनको खोप लगाएका हुन् । संघले बुझाएको सूचीमा रहेका सात सय पाँच मध्ये बाँकीलाई दोश्रो दिन मंगलबार खोप दिने संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।


संघको दमौली बजार एकाई सभापति भूपाल आलेका अनुसार व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अझ नपुग्ने भए थप खोप पनि व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी