तनहुँ कोरोना अपडेटः शून्य मृत्यु, चार संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा तीन महिला र एक पुरुष छन् ।


४४ जनाको परीक्षणका क्रममा उक्त नतिजा आएको निर्देशनालयको विवरणमा छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युका घटना जिल्लामा शून्य देखिएको विवरणमा छ ।

पछिल्ला दिनमा संक्रमित झनै बढेको आशंका गरिए पनि परीक्षण कम भएकाले संक्रमण पनि निकै कम देखिएको आंकडाले देखाएको छ ।
आंकडाका अनुसार तनहुँमा कोरोना संक्रमणका सक्रिय घटना तीन सय १९ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी