कोभिड विरुद्धको खोप अभियान: जोगिन लाईन बस्दा सर्ने त्रास (भिडियो रिपोर्ट)

  • ख-
  • ख+

विकल श्रेष्ठ
दमौली:  कोभिड १९ संक्रमण विरुद्धको खोप वितरण अभियान अन्तर्गत अहिले व्यास नगरपालिकामा विद्यार्थी र व्यवसायीलाई खोप वितरण भैरहेको छ ।


कक्षा १२ को परिक्षा दिनेहरूका लागि सरकारले  खोपको व्यवस्था गरेपछि दमौली तथा व्यास न.पाका अधिकांस विद्यालयका कक्षा १२ मा अध्यान्रत विद्याथीहरु खोप लगाउन आफ्नो प्रवेश पत्रको साथ लाईनमा बसेका छन् ।


साथै दमौली बजार ईकाईका सम्पुणर् व्यवसायहरुलाई पनि तनहुँ उद्योग बाणिज्य संघले व्यवस्था गराईको खोप लगाउन भनि व्यास न.पामा नै आएका छन् ।
विद्याथी र व्यवसायीहरुलाई एकै लाईनमा राखि खोप लगाईएकोमा आज मात्र जम्मा ६०० जनालाई खोप लगाउने खोप लगाउने काममा संलग्न अधिकारीहरूले जानकारी दिए ।


संक्रमण बाट जोगाउन भनी खोप वितरण भए पनि  लाईन हेर्दा संक्रमण सार्न गएको जस्तो देखिएको छ । अव्यवस्थित  देखिएको लाईन व्यवस्थित गर्दै टोकन सिस्टम लागू गर्न सकिए जोखिम कम र भीड पनि व्यवस्थित हुने थियो ।


यसतर्फ व्यास नगरपालिका अनि प्रहरी प्रषासनको ध्यान जानु जरुरी देखिन्छ । पहिले आफ्नो सुरक्षा आफै गरौं, खोप लगाएता पनि कोभिड १९ विरुद्ध सचेत भएर लडाई लडौँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी