
दमौलीः व्यास नगरपालिकाका सात सय बढी व्यवसायीलाई खोप दिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यास नगरपालिकाले पहिलो चरणमा सात सय पाँच व्यवसायीलाई खोप दिन लागेको हो ।
उमेरका आधारमा तथा अत्यावश्यक सेवाका क्षेत्रमा परेका कतिपय व्यवसायीले खोप लगाइसकेकाले बाँकीलाई क्रमैसँग खोप लगाइन लागिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।
एकै पटक सबैलाई सम्भव नभएकाले पहिलो चरणमा नसमेटिएकालाई दोश्रो चरणमा खोप दिइने संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।
व्यास नगरपालिकाले आगामी सोम र मंगलबार एस्ट्राजेनेका खोप वितरण गर्दैछ । यस अघि छुट भएका, १८ वर्ष उमेर पुरा भएका १२ कक्षाका विद्यार्थी, सीमाबाट आएका नेपाली तथा यस अघि छुट भएकालाई खोप दिइने बताएको छ ।