एकिकृत समाजवादीमा तनहुँ एमालेका ४० प्रतिशत जालान् ?

  • ख-
  • ख+

दमौलीः नवगठित नेकपा एकिकृत समाजवादीमा साविक एमालेका ४० प्रतिशत कार्यकर्ता जाने एक नेताले दाबी गरेका छन् ।

लोकवाणी दैनिकमा प्रकाशित समाचारअनुसार केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले धेरै कार्यकर्ता नयाँ पार्टीमा प्रवेश गर्ने बताएका छन् ।

उनले नेता कार्यकर्ताहरु उनकै शब्दमा निकै उत्साहित रहेको बताएका छन् । यस अघि एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले भने पार्टी विभाजन भए पनि आफ्नो ओली गुटका नेता कार्यकर्तामा खासै प्रभाव नपर्ने बताएकी थिइन् ।

तर एमालेबाट को को जान्छन् र कत्तिको प्रभाव पर्छ भन्ने विषय भने केही दिनभित्र पार्टी दर्ता तथा मन्त्रीमण्डल गठनको अवस्थाले धेरै प्रभाव पार्ने जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी