
दमौली: प्रेस चौतारीका केन्द्रीय सदस्य पत्रकार प्रकाशचन्द्र भट्टराईले आफू माधव नेपाल निकट सांसद कृष्णकुमार श्रेष्ठको पक्षमा रहेको घोषणा गरेका छन् ।
यस अघि देखि नै सांसद श्रेष्ठको प्रेस संयोजकका रुपमा सक्रिय भट्टराईले श्रेष्ठ जता रहे पनि साथ दिने भन्दै उनको पक्षमा रहने सामाजिक सञ्जालमा लेखेका छन् ।
यस अघि उनी तनहुँमा ओली समूह निकट हार्डलाइनर मानिन्थे ।
उनले लेखेका छन्,’उहाँले निभाउनु भएको भुमिकालाई लिएर भविष्यमा इतिहासले समीक्षा गर्ला तर राजनीतिमा उहाँ जता गए पनि, जे भुमिका भएपनि म निरन्तर उहाँकै साथमा रहेको जानकारी गराउँदछु ।’