
थर्पू: म्याग्दे गाउँपालिकाका दुई सय ७५ व्यवसायीले खोप लगाएका छन् ।
व्यवसायीलाई खोप दिनुपर्ने माग गर्दै आएको तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईको पहलमा उनीहरुलाई खोप लगाइएको एकाईका सचिव सुन्दरमणि अधिकारीले जानकारी दिए ।
एकाई सभापति भीमलाल श्रेष्ठले व्यवसायीको जीवन खतरामा रहेको भन्दै खोपको प्रवन्ध गरिदिन माग गर्दै आएका थिए ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाइएको भन्दै सचिव अधिकारीले यसले व्यवसायी सुरक्षित महसुस गरेको बताए ।
तनहुँ उद्योग वाणिज्य संघले पनि यस्तो खोपका लागि माग गर्दै आएको छ ।