तनहुँ कोरोना अपडेटः भीमादकी ४२ वर्षियाको मृत्यु, ३८ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका कारण थप एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा भीमाद ६ की ४२ वर्षिया महिला छन् ।

उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा उनको बुधबार ज्यान गएको हो ।
निर्देशनालयका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ ।

संक्रमितमा १५ महिला र २३ पुरुष छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी