तनहुँ कोरोना अपडेटः व्यास ७ का ७० वर्षेसहित २ को मृत्यु

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा व्यास ७ निवासी ७० वर्षका वृद्ध छन् । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा बुधबार ज्यान गएको हो ।

यसैगरी, शुक्ला ७ का ५२ वर्षियको पनि उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ ।

प्रदेशभर १० जनाले यसरी ज्यान गुमाएका छन् ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी