
म्याग्दे: मानिसहरूको लापरबाहीका कारण कोरोना संक्रमण बढ्दै गएको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना स्वास्थ्यकर्मी लिएर टोलटोलमा पुगेकी छन् ।
मानिसहरूले कोरोना भनेको के होर ? के हुन्छ र ? भन्ने सोचि लापरबाही गरिदिँदा थप संक्रमण बढेको भन्दै सचेतनाको लागि टोलटोलमा पुग्ने गरेको अध्यक्ष रानाले बताइन् । अहिले शहरमा भन्दा गाउँमा सक्रमण बढेको भन्दै रानाले ब्यक्तिगत सुरक्षा मापदण्ड अपनाइ आँफु , आफ्नो परिवार र समुदाय सुरक्षित राख्न आग्रह गरिन् ।
सचेतना कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले मास्क लगाउन , सावुन पानिले हात धुन र सेनिटाइजर प्रयोग गरि सामाजिक दुरि कायमका साथ स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध गरे । खोक्दा , आछ्यु गर्दा नाकमुख रूमालले छेप्न या दाहिने कुहिनाले छेक्न घिमिरेले सुझाव दिए ।
तपाईहरू अनावश्यक काममा बाहिर नहिड्नुस र केही लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जचाँउन गै हाल्ने गर्नुस उपस्थित हरू लाई सुझाव दिँदै स्वास्थ्य शाखा अधिकृत दिनेश पण्डितले भने । सचेतना अभियान म्याग्देको वडा नं १ बाट सुरु भएको र यो सबै वडामा पुग्ने म्याग्दे गाउँपालिका वडा नं १ का अध्यक्ष एवं प्रवक्ता शिवशरण वाग्लेले बताए ।