कांग्रेसले नै विकास गर्छः खनाल

  • ख-
  • ख+

म्याग्देः म्याग्दे १ मानुङमा कांग्रेसको कार्यकर्ता भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवं डि एल ए पुर्व अध्यक्ष यदुनाथ खनालले अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वले नै देशलाई अघि बढाउने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले थालेको आन्दोलनले नै देशमा प्रतिगमन परास्त भएको भन्दै उनले विकास पनि कांग्रेसले गर्ने बताए ।

कांग्रेस म्याग्दे १ का सभापति विनोददत्त खनालको सभापतित्वमा भएको कार्यक्रममा म्याग्दे १ का वडाध्यक्ष शिवशरण वाग्ले, वडा सदस्य विनोद खनाल, डा. शेषरमण न्यौपाने, केशवराज पौडेल, विन्दुशर्मा खनाल, हरिनाथ खनाल, बलबहादुर थापा, नवीन आले लागायतले बोलेका थिए ।

सोही अवसरमा मानुङमा वरिष्ठ अधिवक्ता खनालका तर्फबाट स्यानिटाइजर तथा मास्क वितरण गरिएको वडा सभापति खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी