तनहुँ निषेधाज्ञा भाद्र ७ सम्म, तरकारी पसल बिहान, होटल दिउँसो खोल्न दिइने

  • ख-
  • ख+

दमौलीः तनहुँमा जारी निषेधाज्ञा भाद्र ७ सम्म निरन्तर भएको छ । सोमबार मध्यरातबाट लागू हुने निषेधाज्ञाका क्रममा यसपाली फलफूल र तरकारी पसल भने बिहान मात्र र होटल रेष्टुरेन्ट दिउँसोदेखि साँझ खोल्न दिइने भएको छ ।


जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म खोल्न दिन सिफारिस पछि निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई जानकारी दिए ।

यसैगरी, अरु व्यवसाय तथा रेष्टुरेन्ट भने बिहान ११ देखि ६ बजेसम्म खोल्न दिइने भएको छ ।
बैठकले अबका दिनमा कोभिड संक्रमितको उपचारका लागि दमौली अस्पताल र जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई अनुमति दिने निर्णय गरेको सहायक प्रजिअ बरालले जानकारी दिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी