किन उठेन चार दिनदेखि दमौलीको फोहोर ?

  • ख-
  • ख+

दमौलीः बिहीबारयता दमौलीमा फोहोर उठ्न सकेको छैन । चार दिनदेखि फोहोर उठ्न नसक्दा सफा भनेर चिनिने सफासडकमा फोहोरका थुप्रा यत्रतत्र देखिन थालेका छन् ।

अरु बेला सिधै ट्याक्टरमा राखिने भएकाले सफा सडकमा फोहोर नदेखिए पनि यसपाली भने बढी समय फोहोर नउठेपछि पसलका अगाडि नै थुप्रा देखिंदा सफा सडकमा फोहोर भएको छ ।
कुहिने फोहोर ट्याक्टरले संकलन गरे पनि नकुहिने फोहोर भने उठ्न नसकेको हो ।

व्यास २ सफासडकस्थित व्यवसायी निर आलेले फोहोर व्यवस्थापन समयमा नगरिंदा प्रदुषण बढेको भन्दै नगरपालिका जिम्मेवार हुनुपर्ने बताए ।

‘एक दुई दिनमै फोहोर उठ्छ’
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लराम सिग्देलले एक दुई दिनमा फोहोर उठ्ने बताए । ‘हामी विकल्प खोजिरहेका छौं,’ दमौली न्यूजसँग उनले भने,‘एक दुई दिनमै उठ्छ ।’

मोहोरियाको ल्याण्डफिल भरिएपछिको समस्या
व्यास ३ भतेरीस्थित स्थल वर्षाले भत्काए पछि नगरपालिकाले व्यास १ को मोहोरियास्थित रामदेव पन्थको निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर त्यहाँ ठाउँ नभए पछि अहिले जटिलता थपिएको हो । ‘मोहोरियामा एक ट्याक्टर पनि राख्ने ठाउँ छैन,’ प्रमुख प्रशासकिय अधिकृत सिग्देलले भने,‘त्यही भएर उठाउन नसकिएको हो ।’


कुहिने फोहोर भने व्यास १० दुम्सीको गौ संरक्षण केन्द्रमा पठाइएकाले अझ बढी समस्या नदेखिएको भनाई उनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी