बुल्दी पुलको आन्दोलनमा जीवनलाई जोखिम मोलेर देउवालाई प्रधानमन्त्री बनाएँ, खुशी छुः पौडेल

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीको बुल्दी पुल आन्दोलनबाटै पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

आफूले ज्यानको जोखिम राखेर तत्कालीन उनकै शब्दमा अधिनायकवादी सत्ताविरुद्धको सत्याग्रहबाट नै अहिलेको अवस्था श्रृजना भएको भन्दै त्यसैको जगमा देउवा प्रधानमन्त्री बनेको बताए । ‘मैले ज्यानको जोखिम मोलेर थालेको आन्दोलनबाट उहाँ प्रधानमन्त्री हुँदा म खुशी छु,’ रेडियो कान्तिपुरसँगको कुराकानीमा उनले भनेका छन्,‘मलाई कुनै ईश्या छैन ।’

दोश्रो पुस्ताबाट एक म भएर आए मात्र छाड्छु
आफूले अघि सारेको निष्ठाको राजनीति अघि बढाउन यसपटक पनि नेतृत्वमा जानुपर्ने भन्दै पौडेलले दोश्रो पुस्ताका क्षमतावान व्यक्ति आए मात्र त्यो जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।

‘भारतमा मोदीझैं धुलोबाट आएका व्यक्तिका लागि म बाधक हुन्न,’ उनले भने,‘दोश्रो पुस्ताबाट एकाएक काम र क्षमता देखाएर मोदीझैं कोही आए म दिन्छु । कसैप्रति पूर्वाग्रही छैन ।’
उनले तर दोश्रो पुस्तामा एक भएर आउने अवस्था नदेखेको बताए ।

एक पटक भए पछि छाड्छु
आफ्नो मिसन पुरा गर्न पनि एक पटक नेतृत्वमा जान चाहेको बताएका पौडेलले अब उमेरको आखिरीमा रहेको भन्दै मूल्यको राजनीतिको दिशामा लगेर मात्र छाड्ने बताए ।
‘एक पटक भए पछि छाड्छु । सधैं हातमा रहनुपर्छ भन्ने छैन,’ उनले भने । आफूले पार्टी सभापतिलाई दुवै उमेरको आखिर अवस्थामा पुगेकाले केही दृष्टान्त हुनुपर्ने भनेको पनि उनले सुनाए ।

गणेशमानको पद थिएन
वरिष्ठ नेता पौडेलले पदमा नभए पनि गणेशमान सिंहको नाम कोहीभन्दा कम नभएको भन्दै आफ्नो मिसन अलपत्र भएको देख्न नसकेकाले बिंडो उठाउन तयार भने भएको बताए । ‘म सफल हुन्छु वा हुन्न थाहा छैन तर मेरो मिसन अलपत्र हुन नदिन बिंडो उठाउन तयार छु ।’

तस्बिरः फाइल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी