वाईसीयल व्यास अध्यक्षमा निर्दोष

  • ख-
  • ख+

दमौलीः माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलको व्यास नगर अध्यक्षमा निदोर्ष भट्टराई चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न भेलाले भट्टराईको नेतृत्वमा ४८ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको नेता बादल आलेले जानकारी दिए ।

पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य राजेन्द्रकेशरी न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाबाट कमिटी चयन गरिएको हो । नवगठित कमिटीको सचिवमा आशिष बसौला चयन भएका छन् ।

पछिल्लो समय माओवादी केन्द्रले आक्रामक रुपमा कमिटी विस्तार गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी