कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य वाग्लेले किन दिए राजीनामा ?

  • ख-
  • ख+

दमौलीः कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले राजीनामा दिएका छन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यसरह महाधिवेशन प्रतिनिधिका रुपमा आउने प्रावधान आफ्ना हकमा लागू नभएको भन्दै राजीनामा दिने २२ जनामा वाग्ले पनि छन् ।

उनी तनहुँका एक्ला आमन्त्रित केन्द्रीय सदस्य हुन् । पार्टी विधानमा क्षेत्रीय प्रतिनिधिसरह समेत अधिकार नभएको भन्दै उनीहरुले एकैसाथ राजीनामा दिएका हुन् ।

आमन्त्रितलाई पनि महाधिवेशन प्रतिनिधिसरह अधिकार दिने प्रावधानमा सभापति शेरबहादुर देउवा सकारात्मक भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल सकारात्मक नभएको चर्चा कांग्रेसवृत्तमा छ ।

सामूहिक राजीनामा दिएका  आमन्त्रित केन्द्रीय सदस्य

१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी