उस्मान अलीको उपचारका लागि दमौलीबाट २५ हजार

  • ख-
  • ख+

दमौलीः स्पाइनल भस्कुलर एट्रोफी समस्याका कारण उपचारको खोजीमा रहेका तनहुँ दुलेगौंडाका बालक उस्मान अलिको उपचारका लागि दमौलीमा सहयोग संकलन थालिएको छ ।


उनको उपचारका लागि व्यास ४ स्थित नुरि हनफी जामे मस्जिदमा पहिलो दिन २५ हजार एक सय ५० रुपैयाँ संकलन गरिएको सहयोग संकलनमा सक्रिय युवा मोहम्मद गफारले जानकारी दिए ।

दमौलीमा सहयोग संकलन गर्नका लागि आफ्नो मोबाईल नम्बर ९८१५१३४८३७ मा सम्पर्क गर्न सकिने पनि उनले जानकारी दिए ।

विश्वमै दुर्लभ मानिने रोगको उपचारका लागि ठूलो धनराशी खर्च लाग्ने भए पछि अहिले परिवारले सुभेच्छुकबाट सहयोगको अपेक्षा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी