तनहुँमा कोरोना संक्रमणको ग्राफ उकालोतिर, ५० प्रतिशतमा संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका दुई सय एक मध्ये आधामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले जारी गरेको बुलेटिनमा एक सय दुई जनामा यस्तो संक्रमण पुष्टि भएको छ ।
यो केही दिनयताकै उच्च दर हो । यसले कोरोना संक्रमण फैलिएको संकेत गर्ने स्वास्थ्य अधिकारी बताउँछन् ।

यस अवधिमा मृत्यु कसैको नभए पनि तनहुँमा ४९ महिला र ५३ पुरुषमा एकैसाथ संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा ज्वरो आउने बिरामीको संख्या पनि बढेकाले परीक्षणका क्रममा यो नतिजा आएको भन्दै अधिकारीहरु अझ धेरैमा संक्रमण हुन सक्ने आशंका गर्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी