कांग्रेसपछि नेकपाको विज्ञप्तिः भन्सार केन्द्र नै उपयुक्त

  • ख-
  • ख+

दमौलीः नेकपा जिल्ला कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै भानु नगरपालिकाको केन्द्र भन्सार नै पायक रहेको भन्दै यसैम अडिग हुन जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

पार्टी सचिव राजेन्द्रकेशरी न्यौपानेद्वारा बुधबार जारी विज्ञप्तिमा भौगोलिक हिसाबले मस्र्याङदी र चुँदी उपत्यकाको केन्द्र भन्सार भएकाले यसै ठाउँ बहुसंख्यक जनताका लागि पायक पर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भानु नगरपालिकाको गत माघ २३ गतेको बैठकले भन्सार सार्ने निर्णय गरिसकेको र प्रदेश सरकारबाट संघीय सरकारमा सिफारिस भएको भन्दै कार्यपालिकामा भएको निर्णयमा भानु २ का वडाध्यक्ष अर्जुन खड्काले च्यातेको आरोप लगाउँदै कारबाहीको माग गरिएको छ ।

केन्द्र स्थानान्तरणको निर्णयमा उत्पन्न अवस्थामा अस्थिरता सिर्जना गर्ने काम नगर्न भन्दै र्पू निर्धारित निर्णयमा अडिग रहन जनप्रतिनिधिसँग आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी