हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी स्वास्थ्य कर्मचारी भण्डारीको अवस्थामा सुधार

  • ख-
  • ख+

दमौलीः दुई दिन अघि व्यास ५ चापाघाटमा भएको सवारी दुर्घटनामा घाइते जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौंडाकी कर्मचारी अप्सरा भण्डारी पौडेलको स्वास्थ्यमा सुधार आएको परिवारले बताएका छन् ।

पोखराबाट दमौलीतर्फ आइरहेको ग १ ख ४२१५ नम्बरको यात्रुवाहक बस सडकबाट तल खस्दा च्यापिएकी पौडेलको अवस्था गम्भीर थियो ।

पोखराको मेट्रो सिटी अस्पतालमा उपचार हुन नसकेपछि परिवारले एयर डाइनेष्टीको हेलिकोप्टरमार्फत काठमाडौं लगेकामा अहिले ग्रयाण्डी अस्पतालमा उनको उपचार भैरहेको छ ।

शरिरको तलको भागमा गम्भीर चोट लागेको भन्दै चिकित्सकले उनको शल्यक्रिया गरेका छन् । त्यसपश्चात अवस्थामा केही सुधार आएको भनाई परिवारको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी