म्याग्देमा ‘मास्क अभियान’

  • ख-
  • ख+

म्याग्दे : मानिसहरूकाे लापरबाहीका कारण काेराेना संक्रमण बढ्दै गएको भन्दै म्याग्दे गाउँपालिकामा मास्क अभियान शुरू गरिएको छ ।

सरकारले सञ्चालन गरेको नेपाल मास्क अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जिल्लाका सबै पालिकामा अभियान अगाडि बढाए सँगै म्याग्देले पनि सुरु गरेको हाे । ‘मानिसहरूले काेराेना भनेको के हाे र ? के हुन्छ र ? भन्ने साेचि लापरबाही गरिदिँदा थप संक्रमण बढेको’ म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।

सबैले मास्क अनिवार्य लगाउने र मापदण्ड पालना गर्ने हाे भने संक्रमितकाे संख्या घट्ने अध्यक्ष रानाको भनाइ छ । मास्क वितरण तथा सचेतना अभियानमा थर्पु प्रहरी चौकीका इन्चार्ज कृष्ण बानिया सहितको प्रहरी टोली र गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीकाे उपस्थिति रहेको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी