
दमौली: रोटरी क्लब अफ दमौलीले व्यास १० भतेरी दुम्सीस्थित गौ संरक्षण केन्द्रलाई पाँच बोरा चोकर र नुन सहयोग गरेको छ ।
क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले पांच बोरा चोकर र नुन गौ संरक्षण केन्द्रका अध्यक्ष प्रजापती सापकोटा र केन्द्रमा सक्रिय युवा सरोज भण्डारीलाई हस्तान्तरण गरेको पूर्व अध्यक्ष ईम कुमार मल्लले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठको उपस्थितिमा कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
