तत्काल विदेश जानेलाई बुधबारबाट दमौलीमा खोप

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य कार्यालय तनहुँले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेका लागि खोप दिने तयारी गरेको छ ।

यस अघि नै विदेश जानका लागि नाम टिपाएकाहरुका लागि जोन्सन एण्ड जोन्सन खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

खोप लगाउनका लागि नाम भने यस अघि नै आफ्नो स्थानीय तहमा टिपाइसकेको हुनुपर्नेछ । स्वास्थ्य अधिकारीहरुका अनुसार यसरी विदेश जानेहरुले विदेश जाने भिसा र अरु कागजात लिएर मात्र यस्तो सुविधा पाउनेछन् ।

कार्यालयले दमौली अस्पतालमा मात्र हाल यस्तो खोप दिइने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी