सिजन युवा र शान्ति आमा समूहको सक्रियतामा डुम्रेमा एम्बुलेन्स

  • ख-
  • ख+

डुम्रेः तनहुँको डुम्रेमा सामुदायिक एम्बुलेन्स सेवा संचालनमा आएको छ । भानु १ को साजबोटेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहको सकृयतामा एम्बुलेन्स संचालनमा आएको हो । आज एक कार्यक्रमको आयोजना गरि कम्पनीले युवा क्लब र आमा समूह हस्तान्तरण गरेको छ भने आजै उद्घाटन समेत गरिएको छ ।


कार्यक्रममा महायज्ञका सबैभन्दा धेरै १ लाख ५५ हजार नगद सहयोग गर्ने दानबीर ईश्वरकुमार श्रेष्ठले उद्घाटन गर्दै समाजको भलाईका लागि आफू सदैव तत्पर रहेको बताए । डुम्रे बजारको क्षेत्रमा धेरै घटना दुर्घटना हुने हँुदा बिरामीलाई तत्काल ठूला अस्पताल सम्म पु¥याउन सहज हुने बताए ।

सिजन क्लबका संरक्षक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले जीवन रहे सम्म अरुका भलाईका लागि सेवा गर्नु पर्ने भन्दै सुविधा सम्पन्न एम्बुलेन्सको कोरोनाका बीच महत्व रहेको र सवै मिलेर संचालनमा सहयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष प्रेमबहादुर लामा, तनहुँ उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, लक्ष्मी हस्पीटल प्रालिका संचालक केशव अधिकारी लगायतले यस क्षेत्रमा आवश्यकता महसुस भैरहेको एम्बुलेन्स आउँदा खुशी लागेको भन्दै सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

युवा क्लब र आमा समूहले २ वर्ष अघि एम्बुलेन्स खरिद गर्ने उदेश्यले श्रीमद् भागवत महापुराण समेत लगाएका थिए । उक्त महायज्ञमा १८ लाख ७० हजार २ सय ३५ रुपैंया आमदानी भएको बताईन्छ । हाल १५ लाखमा एम्बुलेन्स खरिद गरिएकोमा ६ लाख ५० हजार बैंक कर्जा लिई संचालन गरिएको क्लबका संस्थापक अध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।

यसैबीच तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले महायज्ञका अवसरमा एम्बुलेन्स खरिद गर्न कबोल गरेको रकम ५१ हजार पाँच रुपैंयाको चेक आज प्रदान गर्नु गरे । डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठ मार्फत सिजन क्लबका अध्यक्ष कृष्ण बहादुर पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा शान्ति आमा समुहकी अध्यक्ष ज्ञानु श्रेष्ठ तथा क्लबका सचिब राजन न्यौपानेले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्