त्रिविले जारी परीक्षा नरोक्ने

  • ख-
  • ख+

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरु नरोकिने भएका छन् । कोभिड जोखिमका बेला परीक्षा जारी राख्ने कि रोक्ने भन्ने विषयमा छलफल गर्न बसेको कार्यकारी परिषद बैठकले परीक्षा कायमै राख्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको भए पनि त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी