तनहुँ कोरोना अपडेटः १७ संक्रमित थपिए, प्रदेशभर आठको मृत्यु

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा आठ महिला तथा नौ पुरुष छन् ।

५१ जनाको परीक्षणका क्रममा १७ मा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकमा छ ।
यसरी परीक्षण गरिएका मध्ये १३ जनाको स्वास्थ्य कार्यालय तनहुँमा एन्टिजेन परीक्षण गरिएको बताइएको छ ।

यस अवधिमा तनहुँमा मृत्यु शून्य भए पनि गण्डकी प्रदेशभर भने आठ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा पोखराका सात र गोरखाका एक छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी