सरकारको पहिलो प्राथमिकता कोभिड महामारी नियन्त्रण

  • ख-
  • ख+

काठमाडौं : सत्ता पक्षीय गठबन्धनले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ महामारी नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ ।

सिंहदरबारमा आयोजित समारोहमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उक्त जानकारी दिएका हुन् ।

सरकारले कोभिड महामारीका कारण थलिएका उद्योग, व्यवसाय, पर्यटनलगायत क्षेत्रलाई पुनः लयमा फर्काउन सरकार प्रतिबद्ध रहने उल्लेख गरे ।

सबै नागरिकलाई खोप उपलब्ध गराउने विषयलाई पनि साझा न्यूनतम कार्यक्रममा प्राथमिकता दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी