मृगौला पीडित गफारलाइ इनरह्विलकाे २४ हजार

  • ख-
  • ख+

दमौली: दुवै मिर्गौला फेल भएर लामो समयदेखि डायलसिस गर्दै आएका बिरामी अब्दुल गफ्फार मियाँलाई इनरह्विल क्लब अफ दमाैलीले सहयोग गरेको छ । आईतबार बिहान मियाँलाई क्लबका अध्यक्ष मन्जु थापा सहितको टाेलीले नगद २४ हजार ८ सय ३५ रूपया सहयोग गरेको हाे ।

उपचारमा केही सहयोग पुगाेस भन्ने उद्धेश्यले सहयोग गरिएको अध्यक्ष मञ्जु थापाले बताइन् । सहयोग रकम पाएपछि मृगौला पिडित बिरामी अब्दुलले उपचारको लागि सहयोग गर्नुभएको भन्दै क्लबका सम्पुर्ण टिमलाई धन्यवाद दिए ।

क्लबले यस अगाडि पनि विभिन्न सामाजिक काम गर्दै अाएकाे र याे सहयोग पनि त्यसैको निरन्तरता भएको थापाले बताइन् । इनरह्विल क्लवमा लागेका हामी सबै दिदिबहिनीकाे तन , मन र सकारात्मक साेचका साथै केही गराैँ भन्ने इच्छाशक्ति रहेकै कारणले क्लवले स्थापनाकाे छाेटाे समयमै समाजमा रचनात्मक र सकारात्मक छाप छाड्न सफल भएको , साथै अाँफुहरूले पनि त्यहि अनुसार काम गर्दै अगाडि बढेको अध्यक्ष थापाको भनाइ छ । मानविय तथा सामाजिक सेवा गर्नुनैं ईनरह्विल क्लब स्थापनाकाे मुख्य उद्देश्य रहेको क्लबले बताएको छ ।

क्लबले विगतमा पनि गरिब विद्यार्थीहरू लाई न्यानाे कपडा बितरण , बृक्षाराेपण , लगायतका सामाजिक काम गर्दै अाएकाे छ । सहयोग कार्यक्रममा क्लबका पुर्व अध्यक्ष निर्मला मल्ल , अरूणा श्रेष्ठ , आशा बानियाँ , सरू श्रेष्ठ , उपाध्यक्ष सर्मिला श्रेष्ठ , सचिव प्रमिला श्रेष्ठ , काेशाध्यक्ष नारायणी मल्ल , अाइएसअाे सविता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी