प्रदेशस्तरीय ब्याडमिन्टनमा तनहुँका दिनेश र शिवको जोडी विजेता

  • ख-
  • ख+

दमौलीः नेपाल विद्युत प्राधिकरणको ३६ औँ स्थापना दिवसको अवसरमा पोखरामा सञ्चालित प्रदेसस्तरीय ब्याडमिन्टन प्रतियोगितामा तनहुँ वितरण केन्द्र प्रथम भएको छ ।


प्रदेशभरका प्राधिकरणका जिल्लाका वितरण केन्द्र सहभागी प्रतियोगिताको फाइनलमा पुगेका तनहुँ केन्द्रका खेलाडीद्वय दिनेश वाग्ले र शिव बानियाँको जोडीले उत्कृष्ट प्रदर्शन गरेको हो ।

तनहुँसँग पराजित तातोपानी वितरण केन्द्र दोश्रो र पोखरा वितरण केन्द्र तेश्रो हुन सफल भएको छ । तनहुँ केन्द्रका खेलाडी वाग्लेले प्रदेशस्तरमा जित पाउनु गौरवको क्षण भएको दमौली न्यूजसँग बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी