तनहुँ कोरोना अपडेटः तनहुँमा एकै दिन ९६ थपिए, कडाई बढ्यो

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणको दर फेरि ह्वात्तै उकालो लागेको छ । मानिसमा कोभिड १९ का लक्षण देखिने क्रम बढिरहँदा पछिल्लो २४ घण्टामा ९६ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


निर्देशनालयका अनुसार यसरी संक्रमितमा ५३ महिला र ४३ पुरुष छन् । स्वास्थ्य कार्यालय तनहुँमा गरिएको एन्टिजेन परिक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँमा पछिल्लो २४ घण्टामा पिसिआर तथा एन्टिजेन प्रविधिबाट १ सय ८४ जना कोभिड १९ परिक्षण गराइएको निर्देशनालयको आंकडामा छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने शून्य देखिए पनि संक्रमणको जोखिम भने बढी नै देखिएको छ ।

कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय ८० मा उक्लिएसँगै जोखिम बढेको भन्दै प्रशासनले पछिल्ला दिनमा कडाई गर्न थालेको छ । प्रहरीले पसल बन्द गराउने तथा बजार बन्द गर्ने समयमा बढी कडाई गरेको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी