अादिवासि जनजाति दिवसमा रक्तदान

  • ख-
  • ख+

दमौली: २७ अाैं विश्व अादिवासि जनजाति दिवसका अवसरमा
शनिबार दमाैलीमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले रक्तदान जिवनदान भएकोले महत्त्वपूर्ण कार्यकाे लागि अादिवासि जनजातिलाई धन्यवाद दिए ।

दमाैली अस्पतालमा डायलासिस का बिरामी धेरै भएको र रगतको अत्यन्तै अाबस्यकता रहेको अबस्थामा रगत संकलन कार्यले अत्यन्तै ठुलो याेगदान पुग्ने उनलेे बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर अाचार्यले काेभिड त्रास झनै बढेको हुँदा सतर्क रहन अाग्रह गरे ।

साेहि कार्यक्रममा कुसुण्डा जातका ईन्द्रमाया कुसुन्डा र छोरी सीमान्त कुसुन्डा कुसुण्डालाई स्टेसनरी सामान तथा चामल , दाल , अालु राहत स्वरूप वितरण गरिएको सचिव नन्दु थापाले बताए ।त्यस्तै राेटरि क्लवका अध्यक्ष दिनेश श्रेष्ठले नगद सहित २ थान पानस जनजाति महासंघलाई सहयोग गरेकाे समेत थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको अादिवासि जनजाति तनहुँकि अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।

गत सालमा सांस्कृतिक कार्यक्रम , मेला , महाेत्सव गरेर दिवस मनाउने गरिएको भए पनि यसपटक काेराेना कहर र रगतको अभाव भएको भन्ने धेरै जनगुनासाे सुनेपछि रक्तदान कार्यक्रम अायाेजना गरिएको अध्यक्ष घर्तीले बताइन् । अध्यक्ष बसुन्धरा घर्तीकाे अध्यक्षतामा भएको रक्तदान कार्यक्रमकाे सचिव नन्दु थापाले सञ्चालन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी