
दमौलीः व्यास नगरपालिका अन्तरगत गठित युवा परिषद कार्यकारिणी समितिको पदस्थापना सम्पन्न भएको छ ।
परिषदका अध्यक्ष एवं नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष गौरव पन्थसहित सदस्यहरु निशा भण्डारी, सुनिल मिश्र, एलोज श्रेष्ठ रसञ्जु घलेले नगर प्रमुखबाट शपथ लिएर पदस्थापना गरे ।
कार्यक्रममा नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, उप–प्रमुख मीरा जोशी, नगरपालिकाका बिमल गिरीले युवाहरुको सहभागितामा जोड दिएका थिए ।
नगर प्रमुख न्यौपानेले व्यास नगरपालिका युवा मैत्री नगरपालिका बनाउन सदा प्रयत्नशील रहेको भन्दै युवाहरुको प्रतिभा उजागर गर्न, नगरपालिकालाई सचेत गरि राख्न युवा परिषद्ले काम गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त उपाध्यक्ष पन्थले युवाका हकहितका योजना निर्माण र कार्यान्वयनमा भूमिका खेल्ने प्रतिवद्धता जनाए ।