जीपी श्वासप्रश्वासलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रतिवद्धता पूरा गर्छौं : मुख्यमन्त्री पोखरेल

  • ख-
  • ख+

दमौली:गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने बताएका छन् । केन्द्रको निरीक्षण गर्दै उनले प्रदेशको नीति तथा कार्यक्रममा समेत समावेश भएका कारण सरकारले प्रतिवद्धता अनुसारको काम गर्ने बताए ।


मुख्यमन्त्रीले प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित केन्द्र प्रदेशको गौरव रहेको बताए।
उनले कोभिड संकटका समयमा महत्वपूर्ण सेवा दिएको भन्दै स्वास्थ्यकर्मीको प्रशंसा गरे ।
‌कार्यक्रममा केन्द्र व्यवस्थापन समिति सदस्य शेषमणि आचार्यले मुख्यमन्त्री पोखरेलको नेतृत्वमा कर्मचारीको अभाव पूर्ति गर्न सहयोग हुने अपेक्षा गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय डोवाटे विक, सरिता गुरुङ, संविधान सभासद् रामचन्द्र पोखरेल लगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी