
दमौलीः तनहुँमा कोरोनाका सक्रिय संक्रमित पाँच सय नाघेका छन् । विज्ञहरुलाई विश्वास गर्ने हो भने तनहुँमा अबका दिन थप कष्टपूर्ण हुनेछन् ।
सक्रिय संक्रमित एउटा खतराको तह कटे पछि अब यसको सोझो असर अस्पतालहरुमा पर्न सक्नेछ । सक्रिय संक्रमित एकैसाथ अस्पताल भर्ना हुन थाले अहिलेको खाली बेडले त्यो नधान्ने कतिपयको आशंका छ ।
यस्तोमा तनहुँ प्रहरी र ट्राफिकले सचेतनामूलक अभियान थालेको छ । कोभिड–१९ को तेश्रो लहर संगै यसको न्यूनिकरण र रोकथाम तथा नियन्त्रणको लागि तपाईको मास्क खोई ?,कोभिड नो भिड, कोरोना जोखिम कायमै छ स्वास्थ्य मापदण्ड अपनाऔ, लगायतका स्लोगन लेखिएका प्लेकार्ड सहित दमौली बजार परिक्रमा गरिएको थियो ।

सचेतनामूलक हिसाबले दमौली सफा सडकमा निकालिएको आकर्षक नारासहितको ¥यालीलाई बजारवासीले चासोपूर्वक हेरेका थिए । तर पछिल्लो समय संक्रमणको ग्राफ उकालो लागिरहँदा मास्कको प्रयोग घट्ने र सामाजिक दूरीका सन्दर्भमा लापरवाही अत्यधिक देखिन थालेको छ ।
