भिमाद नगरपालिकाको दुईवटा एम्बुलेन्सबाट सेवा शुरु

  • ख-
  • ख+

भिमादः भिमाद नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । नगर क्षेत्रमा बिरामी ओसारपसार गरेर स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पुर्याई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि भन्दै नगरपालिकाले प्राथमिक स्वास्थ्य सेवा केन्द्र भिमाद–६ बाट यस्तो सेवा थालेको हो ।


ग १ झ ५८० नम्बरको एम्बुलेन्स र भिमाद–९ रिठ्ठा भन्ज्याङ्ग बाट ग १ झ ५८१ नम्बरको एम्बुलेन्स सञ्चालन गर्ने निर्णयका साथ चाबी हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख मेखबहादुर थापाले नगरपालिकामा आयोजित कार्यक्रमकाबीच दुवै एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

तस्बिरः भिमाद नगरपालिका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी