
दमौलीः म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पृथ्वी राजमार्गमा मोटरसाईकल र ट्याक्टर ठोकिंदा घाईते दुईको अवस्था चिन्ताजनक छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल र पोखरातर्फ जाँदै गरेको ना ६ त १०५५ नं. को ट्याक्टर एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार दुवैजना घाइते भएका हुन् ।

घाइतेमा चालक गोरखा गोरखा नगरपालिका ११ बाह्रकिलो निवासी ४० वर्षका दामबहादुर थापा र पछाडि सवर स्थानीय ६५ वर्षिया तिलककुमारी थापा छन् । दुवैको अवस्था चिन्ताजनक रहेको र पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।