
भानुः रोटर्याक्ट क्लब अफ भानुले नगर क्षेत्रका युवालाई नेतृत्व प्रशिक्षण दिने भएको छ । आगामी शनिबार भानु २ फुस्रेटारमा एक कार्यक्रम गर्दै युवालाई प्रशिक्षण दिन लागिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष ढकालले जानकारी दिए ।
कोभिड संकटका समय भएकाले सामाजिक दूरीसहित प्रशिक्षण सञ्चालन गर्न लागिएको उनले बताए । क्लबले युवा नेतृत्व, पब्लिक स्पिकिङ तथा रोट¥याक्ट अभियानबारे प्रशिक्षण दिन लागेको बताएको छ ।
कार्यक्रममा संविधान सभासद रामचन्द्र पोखरेल प्रमुख वक्ता रहने अध्यक्ष ढकालले बताए । भानु् वडा नम्बर २ को सहकार्यमा आयोजित िकार्यक्रमको मिडिया सहयात्रीमा दमौली न्युज डट कम रहेको छ ।