
दमौलीः तनहुँ प्रशासनले साउन ३२ सम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।
सोमबारको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिसअनुसार भन्दै प्रशासनले साउन मसान्तसम्म निषेधाज्ञा आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यका तर्फबाट जारी आदेशमा यस अघिको आदेशसरह नै प्रतिवन्ध लगाइएको छ ।
खुला गरिएका व्यापार व्यवसाय बिहान ५ देखि दिउँसो ४ बजेसम्म नै समय तोकिएको छ ।
आदेशमा सार्वजनिक सवारी साधनको समय पनि बिहान ६ देखि साँझ ६ सम्म कायम छ भने भिडभाड हुने गरी क्रियाकलाप नगर्न भनिएको छ ।
परीक्षाहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन पनि प्रशासनले आदेश दिएको छ । तनहुँमा सक्रिय संक्रमित बढिरहेको र अस्पतालहरु भ्रिने अवस्था रहेको भन्दै प्रशासनले निषेधाज्ञा आदेशको अवधि लम्ब्याएको हो ।