
दमौलीः तनहुँमा दोश्रो चरणमा प्रदान गर्नका लागि झण्डै ४२ हजार नागरिकका लागि खोप आउने भएको छ । यस अघि खोप लगाइसकेकाहरुका लागि करिब २५ हजार थान भेरोसेल तथा झण्डै साढे १७ हजार थान कोभिशिल्ड खोप आउन लागेको हो ।
यसमध्ये यस अघि खोप लगाइसकेका ५५ वर्ष माथिका तथा प्राथमिकता प्राप्त नागरिकलाई भेरोसेल खोप प्रदान गर्न लागिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । ‘खोप आईसकेको छ,’ उनले भने,‘एक दुई दिनमै स्थानीय तहले लगाउनेछन् ।’
यसैगरी त्यसलगत्तै यस अघि कोभिशिल्ड लगाएका ६५ वर्षका नागरिक तथा प्राथमिकता प्राप्त व्यक्तिलाई पनि खोप ल्याउने तयारी छ ।
१७ हजार पाँच सय ४३ थान यस्तो खोप लगाइनेछ । केही दिनभित्रै यसको पनि ढुवानी हुने स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
पछिल्लो समय एक पछि अर्को गर्दै खोप लगाउने अभियानमा वृद्धि भैरहेको छ ।