सिजन मिडियाको ‘प्रोफेशनल अचिभमेन्ट अवार्ड’ घोषणा

  • ख-
  • ख+

काठमाडौं: लामो समयदेखि सामाजिक र साँस्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायिक व्यक्तिहरुबीच ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ घोषणा गरेको छ ।

व्यवसायिक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान गर्दै उनीहरुको कार्य र उपलव्धीलाई अझै हौसला प्रदान गर्न स्थापनाको १३औं स्थापना दिवसको अवसर पारेर आगामी भाद्र महिनामा काठमाडौंमा सम्मान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

सामाजिक, राजनैतिक , सांस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखी यस पटक विशेष सम्मान गर्न लागिएको उनले बताए ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उनीहरुले दिएको योगदानलाई सम्मान गर्न संस्थाले अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको उनले बताए ।

गत वर्ष दुवाइमा सम्पन्न प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गर्न लागिएको संस्थाले बताएको छ । ‘सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’

उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरण तथा सम्मानित गरिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी