प्रधानमन्त्रीको ठाडो निर्देशनः ‘विद्युत प्राधिकरणमा घिसिङलाई नियुक्ति’

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा उनी प्राधिकरण प्रमुखबाट बिदा भएका थिए । यस अघि ओली सरकारका पालामा चर्को दबाबका बीच पनि उनलाई नियुक्ति दिइएको थिएन ।

अब भने प्रधानमन्त्रीको ठाडो निर्देशनपछि घिसिङले नियुक्ति पाउने सम्भावना बढेर गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी