चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना

  • ख-
  • ख+

दमौलीः पोखराका चर्चित सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएकाले अस्पताल भर्ना गरिएको उनका तर्फबाट परिवारका सदस्यले बताएका छन् ।


गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केका प्रस्तोता अपिलको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । परिवारका तर्फबाट सामाजिक सञ्जालमा जारी फोटोसहितको पोष्टमा एक अपरेशन गरिएको र अवस्थामा सुधार भैरहेको उल्लेख छ ।


परिवारले उनलाई देखिएको समस्याबारे भने खुलाएको छैन । अबको केही दिन अस्पतालमै रहने समेत परिवारले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी