विपन्नलाई नि:शुल्क नृत्य सिकाउन मोहनकाजीको एक लाख

  • ख-
  • ख+

दमौली: अब दमौलीमा विपन्न वर्गका समुदायले नि: शुल्क नृत्य प्रशिक्षण पाउने भएका छन् ।


क्षमतावान नृत्यमा सम्भावना बोकेका नृत्य सिक्ने हरुका लागि लक्षित गर्दै व्यास ३ घर भई हाल हङकङमा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय मोहनकाजी बतासले एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।


‘ रुचि र क्षमता भए आर्थिक अभावका कारण नृत्य सिक्नबाट कोही बन्चित हुन नपरोस् भनेर कोष स्थापना गरेको हुँ,’ उनले भने ।
बतासले स्थापना गरेको कोषबाट हरेक वर्ष एक जनालाइ विद्यार्थीलाई कोष मार्फत छात्रवृद्धि प्रदान गरिने डान्स स्कुलका प्रशिक्षक सर्जन थापा मगरले जानकारी दिए।

अक्षयकोष स्थापना गर्ने बतासलाई डान्स  स्कुलले सम्मान पनि गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरि डान्स स्कुलका  सस्थापक अध्यक्ष संगम कायस्थले बतासलाई  सम्मान  गरेका हुन् ।

अवस्था सहज भएमा आगमी मङ्सिरमा दमौलीमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको समेत बतासले कार्यक्रममा जानकारी दिए ।


नृत्यका क्षेत्रमा धेरै सफल विद्यार्थी उत्पादन गर्न सफल केन्द्रले उत्कृष्ट नृत्य प्रशिक्षण दिँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी