व्यानपाले ल्यायो आधुनिक एम्बुलेन्स

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । जसका लागि नगरपालिकाले टाटा योद्दा एम्बुलेन्स खरिद गरिसकेको छ । १२ लाख ९५ हजार रुपैयामा खरिद गरिएको उक्त एम्बुलेन्स वातानुकूलित (एसी) सहितको भएको व्यास नगरपालिकाले जनाएको छ ।


नगरबासीको स्वास्थ्य सुरक्षाका लागि धारा, स्ट्रेचर, अक्सिजन सिलिन्डर, फस्ट एड किट सहितको एम्बुलेन्स सेवा नगरपालिकाको तर्फबाट सञ्चालन गर्न पाएकोमा खुसी लागेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।


आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आह्वान गरि एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएकोमा सिप्रदि ट्रेडिङ प्रा.लि संग खरिद गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाको मापदण्ड अनुसार एम्बुलेन्स सञ्चालन प्रकृयालाई अगाडि बढाइने र नगरबासीलाई सहज रुपमा सेवा प्रदान गरिने पनि नगर प्रमुख न्यौपानेले बताए ।

निकट भविष्यमा व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि पनि सो एम्बुलेन्स प्रयोगमा ल्याईने नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी