पिसविन र व्यास नगर अस्पतालकाे अायाेजनामा नि:शुल्क स्वास्थ्य शिविर

  • ख-
  • ख+

दमाैली : पिसविन गण्डकी र व्यास नगर अस्पतालकाे  अायाेजनामा अाज दमाैलीकाे व्यास नगर अस्पतालमा  महिलाकाे पाठेघर सम्बन्धि १ दिने नि:शुल्क शिविर सम्पन्न भएको छ ।
व्यास नगर क्षेत्र अासपासका  ५० भन्दा बढी महिलाहरूले पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि परिक्षण गरेको पिसविन नेपाल गण्डकी प्रदेश परियोजना संयाेजक पशुपति चाैधरीले बताइन् । महिलाहरूले प्रजनन स्वास्थ्य सम्बन्धि समस्याहरूलाइ बाहिर ल्याउन सहज हाेस भनेर सचेतना मुलक कार्यक्रम राखेको चाैधरीले बताइन् ।

पिसविनले यस अघि पनि तनहुँकाे शुक्लागण्डकी , म्याग्दे र व्यास नगरपालिका अन्तर्गत विभिन्न अाेके स्वास्थ्य संस्था मार्फत स्वास्थ्य सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्दै अाएकाे छ ।
परिक्षणमा व्यास नगर स्वास्थ्य तथा जनसंख्या शाखामा कार्यरत   नर्सिङ निरीक्षक कल्पना दाहालले स्वास्थ्य परिक्षण गरेकी थिईन् ।
पिसविनले परिवार नियाेजन तथा गर्भपतन सम्बन्धि सचेतनामुलक सेवा पनि दिंदै अाएकाे संयाेजक चाैधरीले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी